उपत्यकाका उम्मेदवारसँग बालेनले गरे रणनीतिक छलफल
मेयरसाप डेस्क
|
२०८२ माघ ११ गते १७:४१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारीका विषयमा पार्टीका उम्मेदवारहरूसँग विशेष रणनीतिक छलफल गरेका छन् ।
झापा–५ बाट उम्मेदवारी दिएका नेता शाहले आइतबार काठमाडौँ फर्किएर उपत्यकाभित्रका पार्टीका उम्मेदवारहरूसँग चुनावी अभियान र भावी योजनाबारे ब्रिफिङ लिएका हुन् ।
छलफलपछि ललितपुर–३ की उम्मेदवार तोषिमा कार्कीले दिएको जानकारीअनुसार नेता शाहले आगामी फागुन २१ को निर्वाचनबाट रास्वपाको बहुमतको सरकार बन्ने विश्वास व्यक्त गरेका छन् ।
भेटका क्रममा उनले सबै उम्मेदवारलाई चुनावी अभियानमा पूर्ण गम्भीरताका साथ लाग्न र जनताका समस्या बुझेर समाधानमुखी एजेन्डासहित घरदैलोमा पुग्न निर्देशन समेत दिएका हुन् ।
निर्वाचन नजिकिँदै गर्दा रास्वपाले आफ्नो चुनावी रणनीतिलाई अझ आक्रामक र सुव्यवस्थित बनाउन यो छलफल आयोजना गरेको बुझिएको छ ।
Facebook Comments