काठमाडौंबाट उडेको टर्किस एयर जहाजको इन्जिन फेल
कोलकातामा आकस्मिक अवतरण गरिँदै
मेयरसाप डेस्क
|
२०८२ माघ २१ गते १५:१४
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार दिउँसो १ः३० बजे टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएको छ । उडेको दुई मिनेटमै इन्जिनमा समस्या देखिएको जानकारी चालक दलले गराएका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार, जहाजको एउटा इन्जिनले काम गर्न छाडेपछि जहाजलाई भारतको कोलकातास्थित नेताजी सुवासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलतर्फ मोडिएको छ ।
जहाजका चालक दलले आफूहरू सुरक्षित रहेको र अपरान्ह ३ बजेसम्म कोलकातामा अवतरण गर्ने रिपोर्ट गरेका छन् । इन्जिन फेल भएपछि जोखिम कम गर्न जहाजलाई नजिकको ठुलो विमानस्थलमा अवतरण गराउन लागिएको हो ।
Facebook Comments