सामाजिक सञ्जालमा भ्रम फैलाउनेलाई कारबाही गर्ने एमालेको चेतावनी

User Image मेयरसाप डेस्क | २०८२ माघ २१ गते १५:२५
Image of https://mayorsap.com/storage/photos/shares/uml-press-meet-badal.jpg

काठमाडौं । नेकपा एमालेले निर्वाचनलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत पार्टी, उम्मेदवार र निर्वाचन चिन्हका बारेमा भ्रम फैलाइएको भन्दै कडा आपत्ति जनाएको छ ।

प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले आज एक विज्ञप्ति जारी गर्दै प्रविधिको दुरुपयोग गरी कलाकारहरूको समेत प्रयोग गरेर गरिएका भ्रामक प्रचार गर्नेहरूलाई कानुनको दायरामा ल्याउने चेतावनी दिएका हुन् ।

विशेषगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित अमर्यादित शब्द, गालीगलौज र व्यक्तिगत स्वतन्त्रता हनन हुने गरी सम्प्रेषण गरिएका सामग्रीप्रति एमालेले खेद व्यक्त गरेको छ ।

निर्वाचन चिन्ह परिवर्तन भएको जस्ता अफवाह फैलाउने जो कोहीलाई पनि कानुनी कारबाहीका लागि पहल गर्ने विज्ञप्तिमा उल्लेख छ । यसैबीच, एमालेले फागुन २१ गते हुने निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६३ क्षेत्रमा उम्मेदवारी दर्ता भएको जानकारी दिएको छ ।

कर्णालीको रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाउने सहमति भएको र मनाङमा प्राविधिक कारणले उम्मेदवारी हुन नसकेको एमालेले स्पष्ट पारेको छ ।


Facebook Comments