विमानस्थलको डस्टबिनबाट सुन तस्कर गर्न खोज्ने कर्मचारी पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ माघ २१ गते १८:१३
Image of https://mayorsap.com/storage/photos/shares/pakrau_5.jpg

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने एक कर्मचारी सुनसहित पक्राउ परेका छन् ।

सुनगाभा सगरमाथा सर्भिस प्रालिमार्फत कार्यरत ४० वर्षीय डिकबहादुर राउतलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो ।

राउतले विमानस्थलको डस्टबिनमा रहेको फोहोरको पोकोभित्र लुकाइएको सुन बाहिर लैजान लागेको अवस्थामा फेला परेको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिए ।

सुरक्षा जाँचका क्रममा फोहोरको पोकोलाई स्क्रिनिङ गर्दा ४.४ ग्राम सुन बरामद भएको हो । तस्करीको शैलीमा फोहोरमार्फत सुन बाहिर निकाल्न खोज्ने राउतमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Facebook Comments