पाँचखालमा बस र मोटरसाइकल ठोक्किँदा १ जनाकाे मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ माघ २१ गते १८:०६
Image of https://mayorsap.com/storage/photos/shares/accident_8.jpg

काभ्रे । अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका–४ लामिडाँडामा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक युवकको ज्यान गएको छ ।

धुलिखेलबाट दोलालघाटतर्फ जाँदै गरेको बा.प्र.०२–०३० प ८०१३ नम्बरको मोटरसाइकल र बाह्रबिसेबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८४३ नम्बरको बस एक–आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ का २६ वर्षीय सुसिल आले मगर गम्भीर घाइते भएका थिए ।

टाउकोमा गहिरो चोट लागेका उनलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरी चौकी पाँचखालका प्रमुख प्रशान्त तामाङका अनुसार बस चालक बलेफी–५ का नानिबाबु ठकुरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको छ ।


Facebook Comments