बालेन शाहको चुनावी कार्यालय झापामा तोडफोड

निर्वाचन बिथोल्ने प्रयास

User Image मेयरसाप डेस्क | २०८२ माघ २२ गते ११:१९
Image of https://mayorsap.com/storage/photos/shares/balen-sampark-1.jpg

झापा । झापा निर्वाचन क्षेत्र नम्बर–५ अन्तर्गत कमल गाउँपालिका–२ मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालयमा गएराति तोडफोड भएको छ । 

सो क्षेत्रबाट रास्वपाका उम्मेदवार रहेका वरिष्ठ नेता बालेन शाहको चुनावी प्रचारप्रसार र भेटघाटका लागि हालै सञ्चालनमा ल्याइएको कार्यालयमा अज्ञात समूहले आक्रमण गरेको हो ।

रास्वपा झापाका जिल्ला सभापति प्रकाश पाठकका अनुसार तोडफोडबाट कार्यालयको झ्यालका सिसाहरू फुटेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले तोडफोडबारे जानकारी प्राप्त भएको र संलग्नहरूको खोजी तथा थप अनुसन्धान भइरहेको जनाएको छ ।


Facebook Comments