प्रचण्डको जिकिर– एमालेभन्दा धेरै सिट जित्छौँ, तालमेल हुँदैन
पहिलो पार्टी बन्ने प्रचण्डको दाबी
मेयरसाप डेस्क
|
२०८२ माघ २२ गते ११:३९
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपाले नेकपा एमालेभन्दा बढी सिट जित्ने निश्चित भएको दाबी गरेका छन् ।
पार्टीका केन्द्रीय नेताहरूको जुम बैठकलाई सम्बोधन गर्दै उनले यसपटक एक्लै चुनावी मैदानमा उत्रिएर देशको पहिलो राजनीतिक दल बन्ने सम्भावना बढेको बताए ।
पछिल्लो समय एमालेसँग कतिपय क्षेत्रमा तालमेल हुन सक्ने भनी चलेका हल्लालाई खण्डन गर्दै प्रचण्डले जनताबाट तिरस्कृत भएका तत्वहरूसँग कतै पनि गठबन्धन वा तालमेल नगर्ने प्रष्ट पारे ।
बैठकमा सहसंयोजक माधव नेपालले पनि एमालेसँग तालमेलको सम्भावनालाई पूर्ण रूपमा खारेज गरेका थिए । दुवै नेताले पार्टीका कार्यकर्तालाई उच्च मनोबलका साथ चुनावी तयारीमा लाग्न निर्देशन दिए ।
Facebook Comments