एकैदिन साढे ९ हजारले घट्यो सुनको मूल्य

चाँदी पनि घट्यो ६२० रुपैयाँले

User Image मेयरसाप डेस्क | २०८२ माघ २२ गते १२:१८
Image of https://mayorsap.com/storage/photos/shares/gold_3.jpg

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घटेर २ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बुधबार सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा पनि आज उच्च गिरावट देखिएको छ । बुधबार प्रतितोला ५ हजार ६०० रुपैयाँमा कारोबार भएको चाँदी आज ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँ कायम भएको छ । मंगलबार भने सुन २ लाख ९० हजार ३०० र चाँदी ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि आज बहुमूल्य धातुको मूल्य ओरालो लागेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ८६६ अमेरिकी डलर र चाँदी प्रतिऔँस ७६ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ ।


Facebook Comments