सर्लाहीमा लघुवित्त संस्थाभित्रै छिरेर फिल्मी शैलीमा लुटपाट

User Image मेयरसाप डेस्क | २०८२ माघ २२ गते १७:३२
Image of https://mayorsap.com/storage/photos/shares/lutpat.jpg

सर्लाही । सर्लाहीको लालबन्दीस्थित एक लघुवित्त वित्तीय संस्थामा बिहीबार दिउँसो फिल्मी शैलीमा लुटपाट भएको छ । ५–६ जनाको अज्ञात समूहले संस्थाभित्रै प्रवेश गरी कर्मचारीहरूलाई कोठामा थुनेर रकम लुट्नुका साथै सांघातिक आक्रमण समेत गरेको छ ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोखारीका अनुसार, लुटेरा समूहले कार्यालयका कर्मचारीमाथि छुरा प्रहार गरेका छन् । छुरा प्रहारबाट केही कर्मचारी घाइते भएका छन्, जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार उक्त समूहले सुरुमा कर्मचारीहरूलाई एउटै कोठामा बन्द गरेर नियन्त्रणमा लिएको र त्यसपछि मात्र लुटपाट मच्चाएको थियो । घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली पुगेर घटनास्थल सिल गरी थप अनुसन्धान अगाडि बढाएको छ ।


Facebook Comments