रास्वपा उम्मेदवार शेख सगिर भन्छन्–बालिकालाई ठक्कर दिने गाडी मेरै हो
रास्वपाका उम्मेदवार शेख सगिरको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृ*त्यु
मेयरसाप डेस्क
|
२०८२ माघ २३ गते १३:२४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरले आफ्नो गाडीले बालिकालाई ठक्कर दिएको स्वीकार गरेका छन् । बिहीबार दिउँसो साढे २ बजे इशनाथ नगरपालिका वडा नम्बर ४ मठिया टोलमा बा १५ च ४२४४ नम्बरको कारले ४ वर्षकी अल्फा खातुनलाई ठक्कर दिएको थियो।
बालिकाको बिहीबार नै उपचारका क्रममा मृत्यु भएको छ । रास्वपा उम्मेदवारको स्टीकर र रास्वपाको झण्डा राख्न अगाडि लठ्ठी समेत राखिएको गाडीले ठक्कर दिएर बालिकको मृत्यु भएको विषयमा अहिले चौतर्फि आलोचना भइरहेको छ ।
दुर्घटना हुँदा उक्त कारमा रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार शेख सगिर रहेको भन्दै मानिसहरुले सामाजिक सञ्जालमार्फत आलोचना गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दुर्घटनापछि चालक र आफन्तले बालिकालाई गाडीमा राखेर गौर सिटी अस्पतालमा पुर्याएको तर बालिकाको ज्यान गएपछि भने चालक त्यहाँबाट फरार भएका थिए ।
गाडीका चालक परोहा नगरपालिका घर भएका २७ वर्षीय शेख मुस्ताखलाई प्रहरीले बिहीबार नै नियन्त्रणमा लिइसकेको छ।
उक्त गाडी आफ्नै नाममा रहेको रास्वपा उम्मेदवार सगिरले स्वीकार गरेका छन् । तर दुर्घटनाको समयमा आफू गाडीमा नभएको समेत उनले बताए । उनले गाडी साइड लगाएर आफूहरु घरदैलोमा निस्किएको भन्दै चालकले गाडी सार्न वा कतै जान प्रयोग गरेको अवस्थामा दुर्घटना भएको बताए ।
Facebook Comments