Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार यादव एमाले प्रवेश

पार्टीको सम्पूर्ण जिम्मेवारी परित्याग

User Image मेयरसाप डेस्क | २०८२ फागुन ३ गते १०:३४
Image of https://mayorsap.com/storage/photos/shares/uml-ummedar.jpg

रूपन्देही । जनता समाजवादी पार्टी (जसपा), नेपाल पार्टीबाट रुपन्देही–३ मा आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका श्रीनिवास यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उनी पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

यादवले प्रचलित कानूनअनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलोमा पुगेको उल्लेख गर्दै वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने बताए ।

‘देश, जनता र राष्ट्रप्रति वफादार बन्दै आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा), नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारीसमेत फिर्ता लिँदै नेकपा एमालेमा समाहित भएको घोषणा गर्दछु,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यादवले आफूलाई माया, स्नेह र विश्वास गर्ने सम्पूर्ण मतदातालाई एमालेको चुनाव चिन्ह ‘सूर्य’मा मतदान गर्न आह्वान गरेका छन् । 

साथै उनले एमाले रुपन्देही–३ का उम्मेदवार बासुदेव घिमिरेलाई अत्यधिक बहुमतका साथ विजयी गराउन अपिल समेत गरेका छन् ।


Facebook Comments