४० दिनमै सकियो दुई करोड बढी मतपत्रको छपाइ
अन्तिम चरणमा
मेयरसाप डेस्क
|
२०८२ फागुन ३ गते १०:४७
भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य आज सम्पन्न हुँदैछ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार प्रत्यक्षतर्फ छपाइ बाँकी रहेका अन्तिम पाँच लाख मतपत्र आज साँझसम्म तयार भइसक्नेछन् ।
केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले ४२ दिनको कार्यतालिका निर्धारण गरिएकोमा लक्ष्यभन्दा दुई दिन अगावै अर्थात् ४० दिनमै छपाइ सकिन लागेको जानकारी दिए । “प्रत्यक्षतर्फका कुल दुई करोड तीन लाख मतपत्रमध्ये अब बागमती प्रदेशका लागि मात्र पाँच लाख थान छाप्न बाँकी छ, जुन आजै सकिनेछ,” पौडेलले भने ।
दुई करोड आठ लाख ३० हजार मतपत्रको छपाइ र प्याकिङ सम्पन्न भई जिल्लाहरूमा पठाउने कार्य जारी छ । दैनिक १३ देखि १५ लाखका दरले मतपत्र छापिएको छ । भोलिसम्ममा सबै प्याकिङ सकेर बाँकी जिल्लाहरूमा ढुवानी गरिनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबै मतपत्र पुगिसकेका छन्। निर्वाचन आयोगले फागुन १२ गतेसम्म देशभरका सबै जिल्लामा मतपत्र पु¥याउने लक्ष्य राखेको छ । १० लाख थान नमुना मतपत्र यसअघि नै छपाइ गरी आयोगले विभिन्न जिल्लामा पठाइसकेको छ ।
Facebook Comments