Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

हार र जित दुवैलाई स्वीकार गर्न तयार छु : रेनु दाहाल

'मेयर हुँदा जनताको स्नेह पाएँ'

User Image मेयरसाप डेस्क | २०८२ फागुन ३ गते १२:३४
Image of https://mayorsap.com/storage/photos/shares/renu-dahal_1.jpg

चितवन । चितवन–३ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार रेनु दाहालले चुनावी घरदैलोका क्रममा आम नागरिकबाट प्राप्त माया र विश्वासले आफूलाई उत्साहित बनाएको बताएकी छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै उनले भरतपुर महानगरपालिकाको नेतृत्व गर्दा देखाएको कामप्रतिको इमानदारिताकै कारण जनताले स्नेह दिएको उल्लेख गरेकी छन् ।

भरतपुर महानगरको ९ वर्षसम्म मेयर रहँदा गरेका विकासका कामहरू नै आफ्नो जितको मुख्य आधार भएको उनको बुझाइ छ । ‘भरतपुरको सेवामा रहँदा मैले देखाएको प्रतिबद्धता र इमानदारितालाई जनताले मूल्याङ्कन गरिरहनुभएको छ,’ उनले भनिन् ।

निर्वाचनको प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासका रूपमा लिँदै दाहालले हार र जित दुवै परिणामलाई सहज रूपमा स्वीकार गर्न आफू स्पष्ट रहेको बताइन् ।

उनले लोकतान्त्रिक मूल्य–मर्यादाको पालना गर्दै आगामी फागुन २१ गतेको निर्वाचनलाई निष्पक्ष र स्वच्छ रूपमा सम्पन्न गर्न सबै पक्षसँग सहयोगको अपेक्षा समेत गरेकी छन् ।


Facebook Comments