Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

घट्यो सुन–चाँदीको मूल्य

User Image मेयरसाप डेस्क | २०८२ फागुन ३ गते १२:४७
Image of https://mayorsap.com/storage/photos/shares/gold-sun-chadi_1.jpg

काठमाडौं । आज स्थानीय बजारमा सनचाँदीको मूल्यमा केही कमी आएको छ । सुन रु तीन हजारले र चाँदी १२५ रुपैयाँले घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८६० निर्धारण भएको छ । 

साताको पहिलो दिन हिजो आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन रु तीन लाख पाँच हजार ८०० र त्यति नै चाँदी रु चार हजार ९८५ मा खरिदबिक्री भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २५ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


Facebook Comments