Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

ड्रोनबाट पत्ता लाग्यो दुर्घटनास्थल, बेपत्ता काफ्ले मृत फेला

३०० मिटर तल खसेको थियाे गाडी

User Image मेयरसाप डेस्क | २०८२ फागुन ३ गते १३:१५
Image of https://mayorsap.com/storage/photos/shares/photo-5-1b9b0a96.jpeg

ललितपुर । गत माघ २५ गतेदेखि सम्पर्कविहीन रहेका ४० वर्षीय निरेन काफ्ले कान्ति लोकपथको गहिरो खोचमा मृत फेला परेका छन् । परिवारले माघ २६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा खोजीका लागि निवेदन दिएपछि प्रहरीले परिचालन गरेको ड्रोन क्यामेराका कारण गत शुक्रबार दुर्घटनास्थल पत्ता लागेको हो ।

टीकाभैरव र माल्टागाउँको बीचमा पर्ने ठूलो खोचमा ड्रोन अपरेटर टार्जन लिम्बुले सडकभन्दा करिब ३०० मिटर तल भीरमा अड्किएको गाडी फेला पारेका थिए । ‘प्रहरीको सहकार्यमा ड्रोनबाट खोजतलास गर्दा भिरालो स्थानमा गाडी दुर्घटना भएको देखियो,’ अपरेटर लिम्बुले बताए ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार, सोही दुर्घटनामा परी काफ्लेको ज्यान गएको पुष्टि भएको छ । हाल परिवारले शव बुझिसकेको छ, भने दुर्घटनाग्रस्त गाडी अझै भीरमै रहेको छ ।

यो घटनाले नेपालमा उद्धार र खोजतलासका कार्यमा आधुनिक प्रविधिको उपयोगिता कति प्रभावकारी हुन्छ भन्ने पुष्टि गरेको छ । यद्यपि, नेपालमा ड्रोन उडाउनका लागि झन्झटिलो सरकारी अनुमति र कडा कार्यविधिले गर्दा प्रविधिको खुला प्रयोगमा बाधा पुगेको विज्ञहरूको तर्क छ ।


Facebook Comments