देश छाडेर भाग्नै लाग्दा युक्रेनका पूर्वऊर्जामन्त्री पक्राउ
१ अर्ब डलर भ्रष्टाचारको आरोप
मेयरसाप डेस्क
|
२०८२ फागुन ३ गते १३:४१
एजेन्सी । युक्रेनका पूर्वऊर्जामन्त्री जर्मन गलुशेन्कोलाई आइतबार देश छाडेर भागिरहेको अवस्थामा पक्राउ गरिएको छ ।
युक्रेनी भ्रष्टाचार विरोधी ब्युरो (नाबू) ले उनलाई सीमा पार गर्न लाग्दा नियन्त्रणमा लिएको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ ।
गत वर्ष करिब १ अर्ब डलर भ्रष्टाचारको योजनामा मुछिएपछि गलुशेन्कोलाई पदबाट बर्खास्त गरिएको थियो ।
अनुसन्धानका अनुसार ऊर्जा मन्त्रालयका अधिकारीहरूले राष्ट्रिय ऊर्जा कम्पनीका ठेकेदारहरूसँग मिलेर १० देखि १५ प्रतिशतसम्म कमिसन असुल्ने र उक्त रकमको केही हिस्सा रुससहितका विदेशी मुलुकमा पठाउने गरेको खुलेको थियो ।
थप अनुसन्धानका लागि किएभ पठाइएका गलुशेन्को यसअघि न्याय मन्त्रीका रूपमा समेत कार्यरत थिए । यसअघि नोभेम्बरमा पूर्व उपप्रधानमन्त्री ओलेक्सी चेर्निशोभ पनि अवैध सम्पत्ति आर्जनको आरोपमा पक्राउ परेका थिए ।
युरोपियन युनियनको सदस्यता प्राप्तिका लागि युक्रेनले भ्रष्टाचार नियन्त्रणलाई प्रमुख सर्तका रूपमा पालना गर्नुपर्ने दबाब रहेको छ ।
Facebook Comments