१० दिनदेखि बन्द तुम्लिङटार विमानस्थल सञ्चालन
मेयरसाप डेस्क
|
२०८२ फागुन ३ गते १७:४५
सङ्खुवासभा । प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौं उडान भएको छ ।
आजदेखि काठमाडौं–तुम्लिङटार उडान पुनः सञ्चालन भएको नागरिक उड्ययन कार्यालयका प्रमुख नवराज दाहालले जानकारी दिएका छन् ।
तुवाँलोका कारण ‘भिजिबिलिटी’ नहुँदा हवाई सेवा अवरुद्ध भएको हो । यो विमानस्थलमा निजी क्षेत्रका विमान कम्पनीले सेवा सञ्चालन गर्र्दै आएका छन् ।
Facebook Comments