Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

तामाकोसी बस दुर्घटना : थप एक जनाको शव फेला, मृतकको संख्या १४ पुग्यो

User Image मेयरसाप डेस्क | २०८२ फागुन ४ गते १७:४८
Image of https://mayorsap.com/storage/photos/shares/photo-c47d9309-1.jpeg

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ लिलौतिको भिरबाट तामाकोशी नदीमा खसेको यात्रुबाहक बस दुर्घटनामा हराइरहेका थप एक जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार, उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय विशाल तामाङको शव मंगलबार सुनकोशी नदी किनारमा भेटिएको हो । दुर्घटनास्थलबाट करिब २ सय ५० मिटर दक्षिणमा फेला परेको शवको सनाखत परिवारले गरेका छन्। प्रहरीले शवलाई पोष्टमार्टमका लागि मन्थली अस्पताल ल्याएको छ ।

गत माघ २७ गते सडकबाट भिरमा खसेको नेपाल अरनिको यातायात सेवा प्रालिको बस काठमाडौंबाट ओखलढुंगाको पोल्थली जाँदै गरेको थियो।

दुर्घटनाको दिन १२ जनाको शव घटनास्थलमै फेला परेको थियो भने ८ जना घाइते भएका थिए। हराइरहेका ३ मध्ये सोमबार मात्र मन्थली–२ का ९ वर्षीय क्रिचन तामाङको शव सिन्धुलीको तल्लो खुर्कोट किनारमा भेटिएको थियो।

दुर्घटनामा डुबेर मृत्यु भएका २ जनाको शव फेला परेपछि मृतकको संख्या १४ पुगेको छ। बसमा यात्रा गर्ने ८ वर्षीय बालक रोनिस तामाङको अवस्था अझै अज्ञात रहेको छ । प्रहरी खोजी कार्य जारी राखिरहेको छ।


Facebook Comments