नेकपा बहुमतका महासचिव बास्तोला पक्राउ
मेयरसाप डेस्क
|
२०८२ फागुन ४ गते २०:४१
काठमाडौं । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला काठमाडौंबाट पक्राउ परेका छन् ।
निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार बास्तोलालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।
‘उहाँ अहिले हाम्रो कस्टडीमा हुनुहुन्छ’ उनले भने ।
नेकपा बहुमतले निर्वाचन बहिष्कारको नीतिसहित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
निर्वाचनविरोधी अवाञ्छित गतिविधि बढाएको आरोपमा उनीमाथि अनुसन्धान सुरु गरिएको बताइएको छ ।
Facebook Comments