पैदलयात्रीलाई सडकमै मुक्का हान्नेमाथि अनुसन्धान गर्न ७ दिनको म्याद लिइयो
मेयरसाप डेस्क
|
२०८२ फागुन ४ गते २०:५४
काठमाडौं । पैदलयात्रीलाई मुक्का हानेको आरोपमा पक्राउ परेका व्यक्तिलाई अनुसन्धानका लागि ७ दिनको म्याद लिइएको प्रहरीले जनाएकाे छ ।
काठमाडौंको महाराजगञ्जस्थित जुत्ता कारखाना क्षेत्रको सडकमा पैदलयात्रीलाई मुक्का हान्ने पारस बमलाई थप अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद लिएको जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।
बमलाई मंगलबार ट्राफिक प्रहरीले समातेको थियो । पैदलयात्रीलाई मुक्का हानेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
उनले पैदलयात्रीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । कारबाट झरेका ती व्यक्तिले गाली गर्दै पिटेको देखिन्छ ।
Facebook Comments