Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

ब'लात्कारको अभियोग लागेका दुधौली नगरपालिकाका मेयर पक्राउ

११ महिनापछि आफैँ हाजिर

User Image मेयरसाप डेस्क | २०८२ फागुन ५ गते १०:०७
Image of https://mayorsap.com/storage/photos/shares/arrest_5.jpg

सिन्धुली । किशोरीमाथि जबरजस्ती करणीको अभियोगमा दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवार पक्राउ परेका छन् ।

बलात्कारको आरोपमा ११ महिनादेखि फरार रहेका उनलाई मंगलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार मंगलबार उनी आफैँ जिल्ला प्रहरी कार्यालय आएका हुन् । 

गत वैशाखमा उनीविरुद्ध १८ वर्षकी किशोरीले जाहेरी दिएकी थिइन् । जाहेरी परेपछि उनी फरार थिए ।  किशोरी १७ वर्षको उमेर हुँदा जबरजस्ती करणी गरेर उनलाई गर्भवती बनाएको र किशोरीले बच्चासमेत जन्माएकी जाहेरीमा उल्लेख छ ।

जाहेरीमा उल्लेख गरेअनुसार किशोरी दुधौली नगरपालिकाकै एक होटलमा कार्यरत रहँदा मेयर दनुवारले जबरजस्ती करणी गरेका थिए ।  


Facebook Comments