Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

१३ पक्की पुलसहित ३० वटा पुलको निर्माण सम्पन्न

User Image मेयरसाप डेस्क | २०८२ फागुन ५ गते १०:१५
Image of https://mayorsap.com/storage/photos/shares/chirkhuwa-khola-pakki-pul.jpg

भोजपुर । सङ्घीयताको कार्यान्वयनसँगै भोजपुर जिल्लामा यातायात पूर्वाधारको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ । कोशी प्रदेश सरकारको लगानीमा जिल्लाका विभिन्न दुर्गम तथा सुगम भेगमा १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ ।

पूर्वाधार विकास कार्यालय, भोजपुरका प्रमुख राजनराज रेड्डीका अनुसार पिखुवा खोला र कावाखोलामा सबैभन्दा बढी जनही ७ करोड ५० लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण भएका छन् । त्यसैगरी, एखुवा खोलामा ६ करोड ६० लाख र चिरखुवा खोलामा ५ करोड ६३ लाखको लागतमा पुल बनेका छन् ।

अन्य प्रमुख पुलहरूमा गङ्खुवा खोला (४ करोड ५० लाख), सिक्तेल खोला (४ करोड), आरीखोला, वेहेरे खोला र राउते खोला (जनही ३ करोड ५० लाख हाराहारी) का आयोजनाहरू सम्पन्न भएका छन् । यस्तै, ६ करोड ३५ लाखको लागतमा निर्माणाधीन तामुटारको पुल पनि अहिले अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा निर्माण भएका १७ वटा झोलुङ्गे पुलले ग्रामीण भेगका नागरिकलाई वर्षात्को समयमा समेत सहज रूपमा आवतजावत गर्न र बजारसम्मको पहुँच विस्तार गर्न ठूलो सहयोग पुर्याएको छ ।


Facebook Comments