Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

भोजपुरमा निर्वाचन सुरक्षामा खटिएको सेनाको बस दुर्घटना

२४ जना घाइते, हेलिकप्टरबाट उद्दार

User Image मेयरसाप डेस्क | २०८२ फागुन ५ गते १७:१४
Image of https://mayorsap.com/storage/photos/shares/bhojpur-acc-1.jpg

भोजपुर । भोजपुर नगरपालिका–४ स्थित सेतीबगरमा नेपाली सेना सवार बस दुर्घटना हुँदा २४ जना सैनिक घाइते भएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि टेम्केमैयुङ गाउँपालिकामा ‘बेस क्याम्प’ स्थापना गर्न जाँदै गर्दा सेनाको टोली दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजु लामाका अनुसार, नयाँ श्रीनाथ गणबाट हिँडेको ना४ख ७३१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको छ ।

दुर्घटनामा घाइते भएकामध्ये ८ जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई तत्कालै नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको छ । अन्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

निर्वाचन सुरक्षाका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको टेम्केमैयुङ क्षेत्रमा सुरक्षा फौज पुग्नुअघि नै भएको यो दुर्घटनाले जिल्लाको सुरक्षा व्यवस्थापनमा चुनौती थपेको छ । 

टनास्थलमा अहिले सेना र प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ । बस दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन ।


Facebook Comments