युवा संघद्वारा बाढी पीडित परिवारलाई राहत
नेकपा एमाले पार्टीको भातृ जन संगठन राष्ट्रिय युवा संघ नेपाल सप्तरीको आयोजनामा एक समारोहका बीच पीडितहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो ।
 Mayorsap
            
                                        
                            
                            |
                              एक बर्ष अगाडि
                Mayorsap
            
                                        
                            
                            |
                              एक बर्ष अगाडि
                             
                                                            काठमाडौँ 
कार्तिक ४ गते,
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालद्वारा अविरल बर्षाका कारण आएको बाढी र डुवानमा परेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ का बाढी तथा डुवान पीडितलाई  राहत वितरण गरेको छ । नेकपा एमाले पार्टीको भातृ जन संगठन राष्ट्रिय युवा संघ नेपाल सप्तरीको आयोजनामा एक समारोहका बीच पीडितहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो । 
कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल र  पूर्व उपसभामुख गंगा बहडखेर यादवले संयुक्तरूपमा पीडितलाई राहत वितरण गरे ।
राष्ट्रिय युवा संघ नेपाल सप्तरीका अध्यक्ष अशोक  यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका मधेस प्रदेश सदस्य शैलेन्द्रचन्द्र झा( बुधन झा) युवा संघका  केन्द्रिय सदस्य केवल खत्री,युवा नेता आकाश यादव लगायतकाको उपस्थितिमा कुल ८७ पीडित घरधुरीहरुलाई खाद्यान्न वितरण गरेको राष्ट्रिय युवा संघ नेपाल सप्तरीले जनाएको छ ।
 
                         
                                             
                                             
                                             
                                             
                                             
                    
Facebook Comments