३० दिनभित्र सरकारी सेवामा कायापलट गर्ने बालेन सरकारको घोषणा, यस्तो छ ३ देखि ३० दिनको कार्ययोजना

देशैभरका सरकारी कार्यालयमा पत्राचार, तुरुन्तै कार्यान्वयन गर्न निर्देशन

User Image मेयरसाप डेस्क | २०८३ भदौ ०६ गते १२:५३
Image of https://mayorsap.com/storage/photos/shares/balen-new-f8a9dd1c.jpg

सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाउन एक महिने कार्ययोजना तयार गरेको छ । सरकारले नागरिकको सन्तुष्टि अभिवृद्धि गर्न ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३’ लागू गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले शुक्रबार नै कार्ययोजनालाई देशभरका सबै मन्त्रालय, सचिवालय, विभाग, प्रदेश र स्थानीय तहसम्म तत्काल कार्यान्वयन गर्न पत्राचार गरेको छ ।

कार्ययोजनाअनुसार पहिलो तीन दिनमै कार्यालयहरूले सेवाका मुख्य १० समस्या, भिड हुने समय र अनावश्यक कागजात पहिचान गर्नुपर्नेछ। सात दिनभित्र टोकन प्रणाली र तत्काल सुधारका उपाय लागू गर्नुपर्नेछ भने दोस्रो सातासम्म तीन प्रमुख सेवामा सरलीकरण गर्नुपर्नेछ।

अब जिल्ला प्रशासन, यातायात, मालपोत, राहदानीलगायत भीड हुने कार्यालयमा प्रवेशद्वारमै कागजात जाँच गरिनेछ। कागजात अपुग भए के चाहिन्छ, किन चाहिन्छ र कहाँ बुझाउने भन्ने जानकारीसहित लिखित स्लिप दिनुपर्नेछ।

कार्यालयमा सहायता कक्ष, व्यवस्थित प्रतीक्षालय, खानेपानी, सफा शौचालय र टोकन प्रणाली अनिवार्य गरिनेछ। ३० दिनपछि प्रत्येक कार्यालयले आफूले गरेको सुधार, खर्च र नागरिकलाई भएको फाइदासहित एक पृष्ठको सार्वजनिक परिणाम रिपोर्ट सार्वजनिक गर्नुपर्नेछ।


Facebook Comments