भोटेकोशीको बाढीले त्रिशूली–धादिङका बस्तीमा ठूलाे क्षति
मेयरसाप डेस्क
|
२०८३ भदौ १० गते १२:२३
धादिङ । त्रिशूली नदीमा आएको ठूलो बाढीका कारण नुवाकाेट–धादिङका तटीय क्षेत्रमा जोखिम बढेको छ । बाढीका कारण भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । पक्की तथा झोलुंगे पुलहरू बाढीले बगाएको छ । अहिलेसम्म मानवीय क्षति कति भयाे भन्ने एकिन जानकारी आएकाे छैन् ।
उद्धार तथा स्थानान्तरणका लागि तीनवटै सुरक्षा निकायका टोली परिचालन गरिएको छ । अन्य जिल्लाबाट समेत सुरक्षा टोली परिचालन गरिएको र स्थानीय तहहरू पनि उद्धार तथा व्यवस्थापनमा जुट्न थालेका छन्। तिब्बततर्फबाट रसुवास्थित भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीमा समेत पानीको बहाव बढेको हो ।
Facebook Comments