कृषि सर्बेक्षणको काम तत्काललाई रोक्न संघीय सरकारले पठायो स्थानीय सरकारलाई पत्र

अन्य अन्तर्राष्ट्रिय संस्थाहरुले पनि अनुदान थप गर्ने भएकाले अहिलेलाई उक्त काम स्थागित गर्न संघीय सरकारले अनुरोध गरेको हो

User Image मेयरसाप डेस्क | १० महिना अगाडि
Image of storage/news/1729505683.png

काठमाडौं, कात्तिक ५ः यो आर्थिक वर्षका लागि संघीय सरकारले अगाडि स्वीकृत गरेको बजेटअनुसार कृषि सर्बेक्षणको तयारीमा रहेका स्थानीय तहहरुलाई तत्कालका लागि उक्त काम नगर्न परिपत्र गरेको छ ।

एक पत्रमार्फत सबै स्थानीय सरकारहरुलाई परिपत्र गर्दै संघीय मामिला तथा स्थानीय मन्त्रालयले फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन, इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्ट र वल्ड बेङ्कलगायतले सर्बेक्षणमा थप लगानी गर्ने भएपछि अहिलेलाई स्थानीय तहहरुमा कृषि सर्बेक्षणको काम नगर्न परिपत्र गरेको हो ।

कृषि विकास रणनीति तथा समन्वय कार्यक्रम अन्तर्गत हुनै लागेको कृषि सर्बेक्षण अहिलेलाई स्थागित गर्न संघीय सरकारले स्थानीय तहहरुलाई परिपत्र गरेको हो । यसअघि संघीय सरकारले स्थानीय तहहरुमा कृषि, पशुपक्षी तथा मत्स्य सर्वेक्षणका लागि ६० हजारको सशर्त अनुदान दिएको थियो ।

अन्य अन्तर्राष्ट्रिय संस्थाहरुले पनि अनुदान थप गर्ने भएकाले अहिलेलाई उक्त काम स्थागित गर्न संघीय सरकारले अनुरोध गरेको हो । 


Facebook Comments