Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

चक्रपथको जग्गा मिचेको भन्दै महानगरले भत्कायो कलंकी भाटभटेनीको पर्खाल

महानगरपालिकाले चक्रपथ (रिङरोड)को ‘राइट अफ वे’पर्ने क्षेत्र भाटभटेनीले प्रयोग गरेको भन्दै हटाउन आग्रह गर्दा नमानेपछि डोजर प्रयोग गरेर कम्पाउन्ड भत्काएको हो ।

User Image Mayorsap | २०८१ कार्तिक १० गते ०८:३७
Image of storage/news/1729931837.jpg

काठमाडौँ 
कार्तिक १० गते,
काठमाडौं महानगरपालिकाले वडा नम्बर १४ स्थित भाटभटेनीमा डोजर चलाएको छ ।
महानगरपालिकाले चक्रपथ (रिङरोड)को ‘राइट अफ वे’पर्ने क्षेत्र भाटभटेनीले प्रयोग गरेको भन्दै हटाउन आग्रह गर्दा नमानेपछि डोजर प्रयोग गरेर कम्पाउन्ड भत्काएको हो ।
चक्रपथको सडक सीमाभित्र पर्ने भए पनि मिचेर कम्पाउन्ड बनाएको पाइएपछि आज भत्काइएको नगर प्रहरी नाबव उपरीक्षक (डीएसपी) ईश्वरराज वाग्लेले जानकारी दिए ।
‘उहाँहरूले राइट अफ वे' मिच्नुभएको रहेछ भने अर्को ९–१० फिट अग्लो पर्खाल लगाउनुभएको रहेछ । त्यो दुवै हटाएका हौं,’वाग्लले भने । उनले चक्रपथतर्फ रहेको कम्पाउन्ड सबै भत्काएको बताए ।
काठमाडौं–१४ कलंकी खसीबजार पश्चिमतर्फ खोला किनारमा रहेको भाटभटेनी सुपरमार्केटले मापदण्ड विपरीत लगाएको अन्दाजी २०० मिटर पर्खाल र २ वटा शौचालय महानगर प्रहरी बलबाट भत्काइ खाली गरिएको हो ।


Facebook Comments