Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

महामन्त्री शर्माको नेतृत्वमा कांग्रेसले बनायो स्थानीय तह उपनिर्वाचन संयोजन समिति

कांग्रेसको विधान, २०१७ अनुसार महामन्त्री शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन—२०८१ केन्द्रीय संयोजन समिति गठन भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

User Image Mayorsap | २०८१ कार्तिक १५ गते ०३:३६
Image of storage/news/1730345790.jpg

काठमाडौं
कार्तिक १५ गते,
नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति गठन गरेको छ ।

सभापति शेरबहादुर देउवाले बुधबार महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरेका हुन् ।

कांग्रेसको विधान, २०१७ अनुसार महामन्त्री शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन—२०८१ केन्द्रीय संयोजन समिति गठन भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उक्त समितिमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सहमहामन्त्री भीष्मराज आङ्देम्बे, सहमहामन्त्री महेन्द्र यादव, सहमहामन्त्री जीवन परियार,  प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य पुष्पा भुसाल, केन्द्रीय सदस्य मीन विश्वकर्मा, केन्द्रीय सदस्य मधु आचार्य र सदस्य सचिव प्रकाश शर्मा छन् ।


Facebook Comments