मेयरसाप

विद्यालय

स्याङ्जाका सबै पालिकामा डेंगु सङ्क्रमण तीव्र, स्थानीय तह सक्रिय

भीरकोट नगरपालिका, गल्याङ नगरपालिका, वालिङ नगरपालिका, पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका, कालीगण्डकी गाउँपालिका, आँधीखोला गाउँपालिका, बिरुवा गाउँपालिका, फेदीखोला गाउँपालिका, हर्पन गाउँपालिका, र चापाकोट नगरपालिकामा डेंगुका बिरामी फेला परेका छन्।

Mayorsap

आइत, असोज ६, २०८१ | १३:३५ बजे

स्याङ्जा । जिल्लाका ११ वटै पालिकामा डेंगु सङ्क्रमण तीव्र रूपमा फैलिएको छ। स्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार भदौ महिनामा मात्रै २ सय ७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने साउनमा ८२ जनामा सङ्क्रमण देखिएको थियो।

 

भीरकोट नगरपालिका, गल्याङ नगरपालिका, वालिङ नगरपालिका, पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका, कालीगण्डकी गाउँपालिका, आँधीखोला गाउँपालिका, बिरुवा गाउँपालिका, फेदीखोला गाउँपालिका, हर्पन गाउँपालिका, र चापाकोट नगरपालिकामा डेंगुका बिरामी फेला परेका छन्।

 

डेंगु सङ्क्रमण बढ्दै गएपछि स्थानीय तहहरूले ‘खोजेर नष्ट गर अभियान’ सञ्चालन गरेर लामखुट्टेका बासस्थान नष्ट गर्न र जनचेतनामूलक कार्यक्रमहरू सुरु गरेका छन्। स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव चापागाईंले असोज महिनामा सङ्क्रमणको दर अझै बढ्न सक्ने भन्दै पालिकाहरूले समुदायमा परीक्षण र जनचेतना फैलाउन सक्रियता देखाएको बताए ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology