मेयरसाप

विद्यालय

दैलेखको पञ्चकोशी क्षेत्रको ज्वाला बचाउँदै पेट्रोलियम अन्वेषण

भैरवी गाउँपालिकाको पञ्चकोशी क्षेत्रको ज्वालामा ग्याँस वा पेट्रोलियम पदार्थ हुनसक्ने आशामा स्थानीय बासिन्दाहरूले ज्वाला ननिभोस् भन्दै निरन्तर प्रार्थना गरिरहेका छन्।

Mayorsap

आइत, असोज १३, २०८१ | १०:४८ बजे

दैलेख । दैलेखको भैरवी गाउँपालिका अन्तर्गत पञ्चकोशी क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय महत्वको निरन्तर बलिरहेको ज्वाला पेट्रोलियम पदार्थको सम्भावना रहेको भन्दै खानी तथा भूगर्भ विभागले अन्वेषण कार्य अघि बढाएको छ। पञ्चकोशी क्षेत्रका शिरस्थान, नाभिस्थान, पादुका, तल्लो डुगेश्वरजस्ता स्थानमा बलिरहने ज्वालालाई स्थानीयले भगवान्को लीला मानी पूजाआजा गर्ने गर्छन्।

 

हाल, भैरवी गाउँपालिकाको उक्त क्षेत्रमा पेट्रोलियम पदार्थको खोजीका लागि चिनियाँ जियोलोजिकल सर्भे कम्पनीले अन्वेषणात्मक ड्रिलिङको काम गरिरहेको छ। खानी तथा भूगर्भ विभागका अनुसार ड्रिलिङको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ र आगामी मंसिर मसान्तसम्म पूर्ण रूपमा सकिने लक्ष्य रहेको छ।

 

निरन्तर बलिरहेको ज्वाला रहेको क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार रहेको पुष्टि भएमा यसको आर्थिक विश्लेषण गरी उत्पादनका लागि उपयुक्त वा अनुपयुक्त भन्ने निर्धारण गरिने छ। ड्रिलिङको क्रममा दुई/दुई मिटर गहिराइबाट निस्केका ढुङ्गा र माटोको परीक्षण भइरहेको जानकारी विभागले दिएको छ।

 

धार्मिक तथा पुरातात्त्विक हिसाबले महत्वपूर्ण मानिने भैरवी गाउँपालिकाको पञ्चकोशी क्षेत्रको ज्वालालाई बचाउन स्थानीयहरूले सरोकारवालाहरूलाई ध्यान दिन आग्रह गरेका छन्। शिरस्थान मन्दिरका महन्थ गोकर्णनाथ योगीले निरन्तर बलिरहेको ज्वालालाई केही नबिग्रियोस् भन्दै पेट्रोल निस्कनका लागि प्रार्थना गरिरहेको बताए । 

 

खानी तथा भूगर्भ विभागले पेट्रोलियम भण्डारको पुष्टि भएमा यसको आकार, प्रकार, आयतन, र व्यापारिक रूपमा उत्पादन गर्न सकिने सम्भावनाको अध्ययन गरी प्रमाणित भण्डार व्यापारिक प्रयोजनका लागि उपयुक्त छ कि छैन भन्ने पत्ता लगाइने जनाएको छ।

 

भैरवी गाउँपालिकाको पञ्चकोशी क्षेत्रको ज्वालामा ग्याँस वा पेट्रोलियम पदार्थ हुनसक्ने आशामा स्थानीय बासिन्दाहरूले ज्वाला ननिभोस् भन्दै निरन्तर प्रार्थना गरिरहेका छन्।

तस्विर र समाचार गोरखापत्र अनलाइनबाट

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology