ललितपुर महानगरद्वारा बाढी प्रभावित वडाहरुमा औषधि वितरण सुरु
सूचना अधिकारी गुरागाईंका अनुसार र्यापिड रेस्पोन्स टिम अहिले वडा नम्बर १३, १४, १८, २५ मा खटिएको छ । उनले भने,"अन्य वडामा पनि टिमका साथीहरु जानुहुन्छ" । कुनै पनि किसिमको अप्ठ्यारो, समस्या वा जिज्ञासा भए महानगरको हटलाइन नम्बर ११३१ सम्पर्क गर्न समेत उनले नगरबासीलाई अनुरोध गरे ।
Mayorsap,विवेक मण्डल
बुध, असोज १६, २०८१ | १४:२१ बजे
काठमाडौँ
असोज १६ गते,
ललितपुर महानगरले दुई दिनको अविरल वर्षासँगै आएको बाढी प्रभावित वडाहरुमा औषधि वितरण सुरु गरेको छ महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाइँले बाढीको विपद्पछि देखिने स्वास्थ्य संकटबारे जानकारी दिन महानगरको र्यापिङ रेस्पोन्स टिम वडामा परिचालन भएको बताए । उनले भने,‘विपदपछि देखिन सक्ने स्वास्थ्य समस्या बुझ्न औषधिसहितको विज्ञसहित टिम वडामा परिचालन गरेका छौं ।’
सूचना अधिकारी गुरागाईंका अनुसार र्यापिड रेस्पोन्स टिम अहिले वडा नम्बर १३, १४, १८, २५ मा खटिएको छ । उनले भने,"अन्य वडामा पनि टिमका साथीहरु जानुहुन्छ" । कुनै पनि किसिमको अप्ठ्यारो, समस्या वा जिज्ञासा भए महानगरको हटलाइन नम्बर ११३१ सम्पर्क गर्न समेत उनले नगरबासीलाई अनुरोध गरे ।
महानगरले मरेका जनावर कुहिदाँ गन्ध आउन सक्ने तर्फ ध्यान दिदैं गन्ध आउन नदिन स्प्रे समेत विभिन्न ठाउँमा गरिरहेको जनाएको छ ।