मेयरसाप

स्थानीय तह

पहिरो

धरान उपमहानगरपालिका

बाढी

काठमाडौं महानगरपालिका

स्वास्थ्य क्लिनिक

देशकै ठुलो'चार्जिङ हब'बनाउँदै भरतपुर महानगर

नगर प्रमुख दाहालका अनुसार महानगरले प्राधिकरणलाई झन्डै साढे २ बिघा जमिन चार्जिङ स्टेसन बनाउनको लागि उपलब्ध गराउने भएको हो । सो क्षेत्रमा एकै पटकमा दुई सय देखि २ सय ५० ओटासम्म गाडी एकसाथ चार्ज गर्न सकिने चार्जिङ हब बन्न लागेको उनको भनाई छ ।

Mayorsap,विवेक मण्डल

शुक्र, असोज १८, २०८१ | ११:१२ बजे

काठमाडौँ 
असोज १८ गते,
भरतपुर महानगरपालिकाले चितवनस्थित रामनगरमा देशकै ठुलो 'चर्जिङ हब' बनाउन सहकार्य गर्ने भएको छ । चितवन अटोमोबाइल डिलर्स एसोसिएसन (काडा)ले बुधवारदेखि सञ्चालन गरेको‘काडा अटो एक्स्पो'को उद्घाटन गर्दै नगर प्रमुख रेणु दाहालले यसबारे जानकारी गराएकी हुन् ।
नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेर रामनगरमा देशकै ठुलो चार्जिङ हब निर्माण गर्ने तयारी भइरहेको उनको भनाई छ ।  उनले भने “हामी यहाँ रामनगरमा चार्जिङ हब बनाउने योजनाको प्रारम्भिक चरणमा छौँ । हाल सो कार्यका लागि विद्युत् प्राधिकरणलाई जग्गा देखाएका छौँ । उहाँहरूले जग्गा निरीक्षण गर्दै हुनु हुन्छ । कुरा सकारात्मक नै छ । सम्भवत: छिट्टै जग्गा हस्तान्तरण हुन्छ । त्यसपछि टेन्डर आह्वान तथा निर्माणका कार्यहरू अगाडि बढ्दै जानेछन् । " 
उनका अनुसार महानगरले प्राधिकरणलाई झन्डै साढे २ बिघा जमिन चार्जिङ स्टेसन बनाउनको लागि उपलब्ध गराउने भएको हो । सो क्षेत्रमा एकै पटकमा दुई सय देखि २ सय ५० ओटासम्म गाडी एकसाथ चार्ज गर्न सकिने चार्जिङ हब बन्न लागेको उनको भनाई छ ।
रामनगर बाहेक रामपुरमा रहेको अर्को एक बिघा सार्वजनिक जग्गामा पनि चार्जिङ स्टेसन निर्माण गर्ने बारे हाल महानगर छलफलमा रहेको छ । यसअघि विद्युत् प्राधिकरण र भरतपुर महानगरको सहकार्यमा चितवन बसपार्कमा चार्जिङ स्टेसन निर्माण भइसकेको छ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology