रोशीका विपद् प्रभावित तीन सय परिवारलाई राहत सामग्री वितरण
मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले विपद्का बेलामा सबैले मिलेर सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए। उनले भने,“सरकारलाई गाली गरेर बस्नुको सट्टा,हाम्रो तर्फबाट सकेको योगदान गर्नु बुद्धिमानी हुनेछ।”
Mayorsap,विवेक मण्डल
शुक्र, असोज १८, २०८१ | १३:०१ बजे
काठमाडौँ
असोज १८ गते,
मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनको सक्रियतामा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा हालैको बाढीपहिरोबाट प्रभावित तीन सयभन्दा बढी परिवारलाई राहत सामग्री वितरण गरिएको छ।
रोशी गाउँपालिकाको वडा नं २ को नारायणटारका १८६ र वडा नं ५ महादेवस्थानका डेढ सय परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको हो। राहत सामग्रीमा रु ३० लाख बराबरको खाद्यान्न,लत्ताकपडा, कम्बल,र मोबाइल चार्जरसहितका सोलार बत्ती समावेश गरिएको छ।
मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले विपद्का बेलामा सबैले मिलेर सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए। उनले भने,“सरकारलाई गाली गरेर बस्नुको सट्टा,हाम्रो तर्फबाट सकेको योगदान गर्नु बुद्धिमानी हुनेछ।”
गाउँपालिकाका अध्यक्ष दिनेश लामाले राहत वितरणमा सहयोग पुर्याएका संस्थाहरूलाई आभार व्यक्त गर्दै बाढीपहिरोबाट प्रभावित जनतालाई चाँडोभन्दा चाँडो आवश्यक पूर्वाधार उपलब्ध गराउने प्रयास भइरहेको बताए ।