पोखरा महानगरले थाल्यो बजार अनुगमन
अनुगमनका क्रममा म्याद गुज्रेका खाद्य सामग्री,सरकारले प्रतिबन्ध लगाएका प्लाष्टिकको माला तथा फूलका गुच्छा जफत गरेको छ । ११ हजार १ सय ७९ रुपैयाँ बराबरको सामग्री नष्ट गरिएको उनले बताइन् । प्रतिबन्धित माला र फूलका गुच्छा बेच्नेलाई महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ । अनुगमन गरिएका आठवटै पसलका सञ्चालकलाई असोज २१ गते महानगरमा उपस्थित हुन भनिएको छ ।
Mayorsap,विवेक मण्डल
शनि, असोज १९, २०८१ | १९:०० बजे
काठमाडौँ
असोज १९ गते,
दसैँ नजिकिएसँगै पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा पोखराका विभिन्न ८ वटा पसलमा अनुगमन गरिएको हो ।
पोखरा महानगर–२ मा रहेका भवानी पूजा सामग्री,महालक्ष्मी पूजा सामग्री भण्डार,सेलवेज क्यास एण्ड क्यारी प्रालि,एसएए स्टोर्स,गौचन स्टोर्स,ओझा किराना पसल,वडा नम्बर ३ मा रहेको साथी सपिङ सेन्टर र पोखरा ८ मा रहेको सहारा ट्रेडिङमा अनुगमन गरिएको गुरुङले जानकारी दिइन् ।
अनुगमनका क्रममा म्याद गुज्रेका खाद्य सामग्री,सरकारले प्रतिबन्ध लगाएका प्लाष्टिकको माला तथा फूलका गुच्छा जफत गरेको छ । ११ हजार १ सय ७९ रुपैयाँ बराबरको सामग्री नष्ट गरिएको उनले बताइन् । प्रतिबन्धित माला र फूलका गुच्छा बेच्नेलाई महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ । अनुगमन गरिएका आठवटै पसलका सञ्चालकलाई असोज २१ गते महानगरमा उपस्थित हुन भनिएको छ ।
चाडपर्व धेरै सामाग्रीको खपत हुने भएकाले मूल्यवृद्धि गर्ने र म्याद गुज्रेका सामग्रीहरू समेत बिक्री वितरण हुने आशंकामा बजार अनुगमन थालिएको गुरुङको भनाई छ ।