मेयरसाप

विद्यालय

संघीय सरकारले देशभरका स्थानीय तहसँग माग्यो आर्थिक सुधारको खाका

Mayorsap

सोम, कार्तिक २६, २०८१ | १७:३१ बजे

काठमाडौँ, कात्तिक २७: देशभरका स्थानीय तहसँग संघीय सरकारले आर्थिक सुधारको खाका  मागेकाे छ । 

 

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको पत्रानुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक सुधारका सम्बन्धमा स्थानीय सरकारसँग राय  सुझावसहितकाे लिखित लिखित सुधारकाे खाका माग गरेकाे हाे । मन्त्रालयले आउँदो मंसिर १५ गतेभित्र आयोगलाई त्यस्ताे खाका उपलब्ध गराउन देशभरका सबै स्थानीय तहलाई पत्राचार गरेकाे छ । 

 

विद्यमान आर्थिक समस्या समाधान गर्दै समतामूलक दिगो उच्च आर्थिक बृद्धि, रोजगारी सिर्जना, अर्थतन्त्रको संरचनात्मक परिवर्तन गरी औद्योगिक/उत्पादनशील अर्थतन्त्रको निर्माण, गरिबी निवारण एवं समृद्ध नेपाल निर्माण गर्न आर्थिक सुधारको खाका ६ महिनाभित्र पेस गर्ने गरी काम भइरहेको आयोगले मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ । 

 

आयोगको पत्रअनुसार मन्त्रालयले गएकाे आइतबार देशभरका सबै स्थानीय तहलाई लेखेको पत्रमा भनिएको छ, ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको च.नं. २ मिति २०८१ ।०७।१२ को राय सुझावसम्बन्धी पत्र आवश्यक जानकारी तथा कार्यार्थ यसैसाथ संलग्न गरी पठाईएको व्यहोरा आदेशानुसार अनुरोध छ ।’

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology