मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

कालीगण्डकी गाउँपालिका

हुप्सेकोट गाउँपालिका

लुम्बिनी सांस्कृतिक नगरपालिका

राहत

पातारासी गाउँपालिका

तलब नपाएपछि हनुमाननगर कंकालिनी नगरपालिकामा शिक्षकहरुले लगाए ताला

बजेट पारित गर्ने छाँटकाँट अझै छैन

Mayorsap

सोम, कार्तिक २६, २०८१ | १२:१४ बजे

काठमाडौँ, कात्तिक २७: बजेट पास गर्न नसक्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मुख्य द्वारमा तालाबन्दी गरिएको छ । नगरपालिकाका कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकले तलब नपाएको भन्दै तालबन्दी गरेका हुन् ।

 

गत साउनदेखिको पाउनुपर्ने तलब नपाएपछि बाध्य भएर ताला लगाइएको आन्दोलन परिचालन समितिका संयोजक अशोककुमार यादवले बताए । मेयर र उपमेयरलगायत जनप्रतिनिधिहरुलाई बजेट पास गरेर तलब उपलब्ध गराइदिन पटक पटक मौखिक र लिखित रुपमा जानकारी गराउँदा पनि तलब नपाएपछि तालाबन्दीको विकल्प नभएको यादवको भनाइ छ ।

 

नगरपालिकाका मेयर बीरेन्द्र माझी भने बजेट पारित नभएकोले शिक्षक र कर्मचारीलाई तलब खुवाउन नसकिएको बताउँछन् । 

 

कानुन अनुसार स्थानीय सरकारले आगामी आर्थिक वर्षको लागि असार १० गतेभित्रमा बजेट ल्याइसक्नुपर्छ भने असार मसान्तभित्रमा पारित गरिसक्नु पर्छ । तर, हनुमाननगर कंकालिनी नगरपालिकाले दिएको बजेट सिलिङप्रति वडाध्यक्षहरुले विमती राखेपछि बजेट निर्माण कार्य नै प्रभावित भएको छ ।

 

‘नगरपालिकाले ८ करोड ७० लाखको सिलिङ दिएर बजेट योजना पठाउन वडा कार्यालयहरुलाई भनिएको थियो । तर, बजेट कम भएको भन्दै वडा कार्यालयहरुले बजेट कार्यक्रम नै पठाएनन् । त्यसैकारण बजेट ल्याउन सकिएको छैन । अहिले वडा कार्यालयहरुसँग एक प्रकारको सहमति भइसकेको छ । अब बढीमा १५ दिनभित्र बजेट ल्याउने गरी पहल थालेको छु,’ मेयर माझीले भने ।

 

उनले सो विषयमा आन्दोलनरत शिक्षक र कर्मचारीसँग पनि कुरा गरेका छन् । यथार्थ अवस्थाबारे शिक्षक र कर्मचारीलाई जानकारी गराएको हुँदा अब ताला खुल्ने र पठनपाठन तथा नगरपालिकाको काम सौहार्दरुपमा हुने विश्वास मेयर माझीको छ ।

 

हनुमाननगर कंकालिनी नगरपालिकाले अझै ल्याउन सकेन बजेट

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology