छाँयानाथ रारा नगरपालिका साक्षर घोषणा

‘ज्ञान, विज्ञान, सीप, उद्दम र मौलिकतामा साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने मुल नाराका साथ राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधबार एक कार्यक्रमबिच नगरपालिकालाई साक्षर पालिका घोषणा गरिएको हो ।

No Author Assigned | २०८१ असोज ३ गते १६:५६
Image of storage/news/1726725654.jpeg

मुगु । मुगुको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिका साक्षर घोषणा गरिएको छ। 

 

‘ज्ञान, विज्ञान, सीप, उद्दम र मौलिकतामा साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने मुल नाराका साथ राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधबार एक कार्यक्रमबिच नगरपालिकालाई  साक्षर पालिका घोषणा गरिएको हो । जिल्लाका तीन गाउँ पालिका र एक नगरपालिकामध्ये  छायाँनाथ रारा नगरपालिका साक्षर घोषणा हुनेमा पहिलो भएको छ ।

 

नगरपालिकामा रहेको कुल जनसंख्यामध्ये ९६ प्रतिशत अक्षर लेख्न र चिन्न सक्ने भएपछि साक्षर घोषणाका लागि सूचक पूरा भएको नगर प्रमुख विष्णु कुमार भामले बताए। नगरपालिकाभर रहेको १५ देखि ६० वर्ष उमेर समुहको कुल जनसंख्याको ९६ प्रतिशतले नेपाल सरकारले निर्धारण गरेका १२ वटा सूचकमध्ये ६ वटा सूचक नगरपालिकाले पूरा गरेपछि औपचारिक रुपमा  घोषणा गरिएको उनको भनाइ  छ ।
 


Facebook Comments