कावासोती नगरपालिका-२ मा संविधानको विरोध गर्ने व्यक्ति पक्राउ
राजावादी पक्षधरहरुले कावासोतीको फलफूल चोकमा संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने तयारी गरिरहेको समयमा कावासोती नगरपालिका-२ निवासी इन्द्र सिग्देल पक्राउ परेका हुन्।
No Author Assigned | २०८१ असोज ३ गते १६:५६
नवलपुर । नवलपुरको कावासोती नगरपालिका-२ निवासी इन्द्र सिग्देलले कालोपट्टी बाँधेर संविधानको विरोध गरिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको छ।
राजावादी पक्षधरहरुले कावासोतीको फलफूल चोकमा संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने तयारी गरिरहेको समयमा कावासोती नगरपालिका-२ निवासी इन्द्र सिग्देल पक्राउ परेका हुन्।
सिग्देल निधारमा कालोपट्टी बाँधेर कार्यक्रम सुरु हुनुपूर्व नै बसेका थिए। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले सिग्देललाई साँझतिर छोडिने जानकारी दिए।
Facebook Comments