पुर्चौडी नगरपालिकाको पहिरोमा चमकदार डल्ला निस्किए, खनिज पत्ता लाग्न सक्ने आशंका

पुर्चौडी नगरपालिकाको लामुनी क्षेत्रमा खसिरहेको पहिरोबाट सिसा जस्ता चमकदार, पारदर्शी डल्ला निस्किन थालेपछि स्थानीयले अनुसन्धानको माग गरेका छन्।

No Author Assigned | २०८१ असोज १० गते २३:२५
Image of storage/news/1727332837.jpg

बैतडी । पुर्चौडी नगरपालिकाको लामुनी क्षेत्रमा खसिरहेको पहिरोबाट सिसा जस्ता चमकदार, पारदर्शी डल्ला निस्किन थालेपछि स्थानीयले अनुसन्धानको माग गरेका छन्। आठ इन्च लम्बाइ र चारदेखि १० इन्च गोलाइका यी डल्लाहरू सिसा, पत्थर वा अन्य के हो भन्ने पत्ता लगाउन अनुसन्धान आवश्यक रहेको स्थानीयले बताएका छन्।

 

कमेरपानी क्षेत्रमा २०५२ सालदेखि निरन्तर पहिरो खसिरहेको छ, जसले ४० परिवारको घरखेत बगाएको र ९५ परिवारलाई जोखिममा पारेको छ। पहिरोबाट यसअघि बारुद जस्तो गन्ध आउने गरेको भए पनि यस वर्ष चमकदार पारदर्शी डल्लाहरू फेला परेका छन्, जसले स्थानीयको चासो बढाएको छ।

 

भूगर्भविद्हरूले यस पहिरोको अनुसन्धान गर्ने हो भने यहाँ महत्त्वपूर्ण खनिज वा बहुमूल्य धातु पत्ता लाग्न सक्ने अनुमान गरिएको छ। पहिरोको क्षेत्रमा गन्धक जस्तो दुर्गन्ध आउनु, पानीमा फिँज देखिनु, र अहिले चमकदार डल्लाहरू निस्किनुजस्ता लक्षणहरूका कारण स्थानीयले खानी तथा भूगर्भ विभागको टोलीलाई अनुसन्धानका लागि पठाउनुपर्ने माग गरेका छन्।

 

भूगर्भ विभागले यसअघि पुर्चौडी क्षेत्रमा फलाम र फस्फोराइटजस्ता खानीहरूको अस्तित्व पत्ता लगाइसकेको छ, जसले गर्दा लामुनी पहिरोमा पनि यस्ता बहुमूल्य स्रोतहरू हुन सक्ने सम्भावना छ।


Facebook Comments