Ad Image

डडेल्धुरामा सर्पले डसेर १३ वर्षीय किशोरको मृ*त्यु

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/death.jfif

डडेल्धुरा । परशुराम नगरपालिका–७ सादनीका १३ वर्षीय प्रकाश भट्टराईको सर्पको डसाइबाट मृत्यु भएको छ ।

जोगबुडा इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाका अनुसार शनिबार बिहान शौचालय गएका बेला उनलाई सर्पले डसेको हो । तत्काल उपचारका लागि अस्पताल लगिए पनि उनको ज्यान जोगाउन नसकिएको जनाइएको छ ।

प्रकाश स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।