Ad Image

प्रतिनिधि सभामा रास्वपाको वेल घेराउ, राप्रपाद्वारा बहिष्कार

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/za raaaaaaaaaaa.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको बैठकमा वेल घेराउ गर्दै विरोध प्रदर्शन गरेको छ । सरकारले आफूहरूको मागमा बेवास्ता गरेको भन्दै रास्वपाले विरोध जारी राखेको हो ।

सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध जनाए । त्यसपछि सभामुखले रास्वपाका सांसद हरि ढकाललाई बोल्ने अवसर दिए ।

ढकालले सरकारले जनताको आवाज नसुनेको भन्दै आक्रोश व्यक्त गरे । विरोधमा उत्रिएका रास्वपा सांसदहरू त्यसपछि वेल अगाडि पुगेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने आजको बैठक बहिष्कार गरेको छ । सभामुख घिमिरेले आजका लागि शून्य समय हटाइएको जानकारी दिएका छन् ।