सांसद थापाले संसदभित्रै च्याते बजेट पुस्तिका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति असन्तुष्टि जनाउँदै संसद बैठकमै बजेट पुस्तिका च्यातेका छन् ।
थापाले संसदमा बजेट जनताको अपेक्षा विपरीत तयार गरिएको भन्दै असन्तुष्टि प्रकट गर्दै पुस्तिका च्यातेका हुन् । उनका अनुसार भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेख लगायत विभिन्न जिल्लाका जनताको आवश्यकता समेट्न सकेको छैन ।
उनले बजेटलाई नेतामुखी र मन्त्रीमुखी भन्दै आलोचना गरे । जनताको आवाज नसमेटिएको र एकाधिकार कायम गरिएको भन्दै उनले सदनमै बजेट पुस्तिका च्यात्ने अनुमति मागेर यस्तो कदम चालेका हुन् ।