सीपयुक्त जनशक्ति बिना विकास सम्भव छैन : श्रममन्त्री भण्डारी


पाटन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले मुलुकको विकासका लागि सीपयुक्त जनशक्ति अपरिहार्य रहेको बताएका छन् ।
राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित अन्तरक्रिया गोष्ठीमा बोल्दै मन्त्री भण्डारीले आन्तरिक रोजगार दशक लागू गर्न मन्त्रालयले योजना बनाइरहेको जानकारी दिए ।
उनले बाध्यात्मक वैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै सूचना प्रविधिको सहायताले स्वदेशमै रोजगारी सृजना गर्नुपर्नेमा जोड दिए । निजी क्षेत्रसँग सहकार्य गरी वैदेशिक रोजगारबाट फर्किएकाको सीप उपयोग गर्न योजनाबद्ध पहल आवश्यक रहेको बताए ।
मन्त्रालयले आन्तरिक रोजगारीलाई प्राथमिकता दिँदै आन्तरिक रोजगार महाशाखा स्थापना गरी काम अगाडि बढाइरहेको श्रममन्त्री भण्डारीले जानकारी दिए ।
साथै, रोजगारीको वातावरण निर्माणमा सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने उनले उल्लेख गरे ।