अवसर पाउँदापाउँदै देश बन्न नसक्नु दुःखद हो : जनार्दन शर्मा


काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राजनीतक अस्थिरताको बहानामा नेताहरूले आफ्ना गल्ती ढाकछोप गरिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको खर्च कटौती प्रस्तावमाथिको छलफलमा बोल्दै उनले अस्थिरता सङ्ख्याको नभई मानसिकताको समस्या भएको बताए । “हामी स्थिर सरकारका बाबजुद पनि अस्थिर मानसिकता बोकेका छौँ,” उनले भने ।
पूर्वमन्त्री समेत रहेका शर्माले जनताले पटक–पटक अवसर दिएको भए पनि नेताहरूले देशलाई समृद्धिको दिशामा अघि बढाउन नसकेको उल्लेख गरे ।
“अवसर नपाएर होइन, पाउँदापाउँदै देश बन्न नसक्नु दुःखद हो,” उनले भने । भ्रष्टाचार, गरिबी र न्याय अभावजस्ता समस्याका लागि नेताहरूले जिम्मेवारी लिनुपर्ने पनि उनले जोड दिए ।