एसईईको नतिजा आज साँझ प्रकाशित हुने


काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साँझ प्रकाशित हुने भएको छ । परीक्षा बोर्डको आज बसेको बैठकले आजै साँझ ६ बजे नतिजा प्रकाशन गर्ने निर्णयका साथ तयारी गरेको हो ।
यस वर्षको एसईई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।