Ad Image

फर्जी मृ*त्युपत्र बनाएर अनुदानमा ठगी गर्ने २ जना कर्मचारी पक्राउ

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/dipak-janak.jpg

काठमाडौं । दार्चुलामा कृषि अनुदानको रकम हिनामिना गर्न फर्जी कागजात बनाएको आरोपमा शैल्यशिखर नगरपालिकाका कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी पक्राउ परेका छन् । धामी शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीका छोरा हुन् ।

उनीहरूले ‘ओखर पकेट क्षेत्र’ कार्यक्रमको २ लाख २० हजार रुपैयाँ अनुदान प्राप्त गर्नका लागि कृषक समूहका सचिव र कोषाध्यक्षको मृत्यु भएको भन्दै ग्लोबल आईएमई बैंकको गोकुलेश्वर शाखालाई हस्ताक्षर परिवर्तनका लागि फर्जी पत्र पठाएका थिए ।

दुवैलाई बुधबार पक्राउ गरी लिखतसम्बन्धी कसुर, किर्ते र आपराधिक विश्वासघात शीर्षकमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले जानकारी दिए ।