सामुदायिक वनलाई समृद्धिसँग जोड्नुपर्छ : प्रदीप ज्ञवाली


काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सामुदायिक वनलाई मुलुकको समृद्धिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘सामुदायिक वनको अवस्थाः चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।
ज्ञवालीले सामुदायिक वनबाट समुदायलाई आर्थिक रूपमा सशक्त बनाउनुपर्ने भन्दै सरकार र सामुदायिक वन उपभोक्ता समितिबीचको सहकार्य र समन्वयमा वन सम्पदालाई समृद्ध गर्नुपर्ने बताए ।
उनले प्राकृतिक स्रोतमा राष्ट्रको स्वामित्व हुनुपर्ने र त्यसको लाभ जनताले पाउनुपर्नेमा जोड दिए । उपमहासचिव ज्ञवालीले सामुदायिक वनबाट कार्बन व्यापार गर्न सकिने सम्भावना रहेको औंल्याए ।
उनले समुदायलाई कार्बन व्यापारबाट प्राप्त हुने पैसाले उत्प्रेरित गर्न सके वन संरक्षणमा अझै सहयोग पुग्ने बताए । उनले दाउरा र स्याउलाको प्रयोगलाई घटाएर बिजुली र ग्यासमा रुपान्तरण गर्न आवश्यक रहेको पनि बताए ।
Facebook Comments