सोमपालको घातक बलिङमा नेपालको दोस्रो जित

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/nepal-win-1.jpg

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको हो ।

नेपालले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले २९, दीपेन्द्रसिंह ऐरीले २७ र लोकेश बमले २४ रनको योगदान दिए ।

जवाफी ब्याटिङमा उत्रिएको मेलबर्न रेनेगेड्सको टोली २० ओभरमा १०६ रनमै अलआउट भयो । नेपालका बलर सोमपाल कामीले ५ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे भने कुशल भुर्तेलले २ विकेट हात पारे ।

यस जितसँगै नेपालले ५ खेलमध्ये २ मा जित र ३ मा हार व्यहोरेको छ । सिरिजको सुरुवाती तीन खेलमा लगातार पराजित भएपछि नेपालले पछिल्ला दुई खेलमा भने लगातार जित हासिल गरेको हो ।


Facebook Comments