जेनजी आन्दोलनमा प्रहरीकाे ह*त्या गरेकाे आरोपमा थप १ जना पक्राउ

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d3c02a0f6e7.jpg

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा सिन्धुपाल्चोक घर भएका ओम पौडेल पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो ।

प्रहरीको हत्या घटनामा पक्राउ पर्नेको संख्या दुई पुगेको छ । यसअघि प्रहरीले काभ्रेका युवराज क्याप्छाकीलाई पनि पक्राउ गरिसकेको छ ।

गत भदौ २४ गतेको आन्दोलनमा महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो । सार्वजनिक भएको भिडियोमा पौडेलले ‘गोली हान्न दिने तैँ डीएसपी हैनस्’ भन्दै जवान थापालाई लट्ठीले हिर्काएको देखिन्छ । 

प्रहरीले सोही भिडियोको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान भइरहेको छ । सोही आन्दोलनका क्रममा कोटेश्वर प्रहरी प्रभागका सहायक हवल्दार अमृत गुरुङको पनि हत्या भएको थियो ।


Facebook Comments